सञ्चालक परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :
(क) बृहत्तर जनकपुर क्षेत्रको विकास सम्बन्धी नीति तथा योजना तर्जुमा गर्ने तथा विभिन्न कार्यक्रमहरू स्वीकृत गर्ने ।
(ख) योजना र कार्यक्रमहरू कार्यान्वयन गर्न आवश्यक पर्ने आर्थिक स्रोत र सहयोग जुटाउने ।
(ग) बृहत्तर जनकपुर क्षेत्रको महत्व दर्शाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सभा, सम्मेलन, गोष्ठी वा प्रदर्शनी आयोजना गर्ने, गराउने ।
(घ) बृहत्तर जनकपुर क्षेत्रभित्रको कुनै स्थान विशेषको महत्व, मान्यता र सम्वेदनशीलतालाई ध्यानमा राखी त्यस्ता स्थानहरूमा गर्न नहुने कार्यहरू तोकी निषेध र नियन्त्रण गर्ने ।
(ङ) बृहत्तर जनकपुर क्षेत्रमा सरकारी, गैर सरकारी तथा निजी क्षेत्रबाट सञ्चालन हुने विकास निर्माण कार्यहरू सञ्चालन गर्ने निकायहरू बीच समन्वय कायम गर्ने ।
(च) परिषद्को कर्मचारी दरबन्दी स्वीकृत गर्ने ।
(छ) समितिले गर्ने काम कारवाहीको सन्दर्भमा आवश्यकतानुसार निर्देशन दिने
(ज) समितिबाट भए गरेका कामको अनुगमन र मूल्याङ्कन गर्ने ।
(झ) यस ऐन बमोजिम परिषद्को उद्देश्य पूर्तिका लागि गर्नु पर्ने अन्य कार्यहरू गर्ने ।